दैनिक ४० लाख अण्डा माग हुँदा उत्पादन ३० लाख मात्र, भाउ बढ्यो

विहीबार, २० जेठ २०७८, १० : १९

काठमाडौं - अण्डाको माग माग अनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ ।

दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । 

तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावट हो । 

अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । आत्मनिर्भर रहेको छ।

विहीबार, २० जेठ २०७८, १० : १९

प्रतिक्रिया