३ वर्षमा ४ गुणाले बढ्यो प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम, आगामी आर्थिक वर्षका लागि १२ अर्ब विनियोजन

विहीबार, २० जेठ २०७८, १५ : ००

काठमाडौँ - प्रधानमन्त्री रोजगार कार्यक्रममा हरेक वर्ष मोटो रकम विनियोजन हुँदै आएको छ । तीन वर्षमै चार गुणाले विनियोजन बढेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि सुरु भएको उक्त कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १० करोड विनियोजन भएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब १ करोड, आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब ६० करोड, र आगामी आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब विनियोजन भइ तीन वर्ष चार गुणाले बढेको हो । 

आगामी आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ खर्च गरेर २ लाख रोजगारी सिर्जना गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष्य रहेको छ । 


 

विहीबार, २० जेठ २०७८, १५ : ००

प्रतिक्रिया