काठमाडौं - वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड तराईले आफ्ना उत्पादनको मूल्य बढाएका छन् । कम्पनीले शुक्रबारबाट लागू हुने गरी कोकाकोला, फ्यान्टा तथा स्प्राइटको मूल्य बढाएको हो ।
कम्पनीले शुक्रबार एक सुचना जारी गर्दै मूल्य बृद्धिको घोषणा बारे जानकारी गराएको छ । कम्पनीले १.५ लिटरको कोक र फ्यान्टाको मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको जनाएकोे छ ।
कम्पनीले ढेड लिटरमा २० रुपैयाँ बढाएको हो । हिजोसम्म मूल्य १४० रुपैयाँ प्रति बोतल थियो । साथै एक केसको मूल्य (६ बोतल) ९६० रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा तथा स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । हिजोसम्म मूल्य २०० रुपैयाँ प्रति बोतल थियो । त्यस्तै एक केसको मूल्य (६ वोतल) १३५० रुपैयाँ पुर्याएको छ ।
प्रतिक्रिया