आजबाट ग्यास प्रतिसिलिन्डर ११२० मा, नागरिकता अनिवार्य

शुक्रबार, २१ जेठ २०७८, ०९ : ३३

 काठमाडौं - आजबाट प्रतिसिलिन्डर ग्यास ११२० रुपैयाँमा पाइने भएको छ । सरकारले छुट गरेको २० प्रतिशत मूल्यमा आजदेखि ग्याससहितका खाद्य सामानमा लागू भएको हो । 

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि २० प्रतिशत छुट मूल्यमा ग्यास, चिनी, पिठो, तेल, नुन सहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्न लागेको छ ।

छुट पश्चात चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइने छ । चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन् । अहिले बजार भाउको यो २० प्रतिशत छुट रकम हो ।

तर, सामानमा छुट पाउन नागरिकता बोकेर जानुपर्नेछ । प्रतिलिपिमा घरमा सदस्यको नाम र संख्या उल्लेख गरेर बुझाउनुपर्नेछ ।

निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा दिइने यस्तो छुट ग्यासमा एसटिसी सिलिन्डरमा मात्र पाइने छ ।

शुक्रबार, २१ जेठ २०७८, ०९ : ३३

प्रतिक्रिया