काठमाडौं । नोकिया सी २० नेपाली बजारमा सार्वजनिक भएको छ । एन्ड्रोइड ११ मा रन हुने यो फोनमा दुई वर्षको सेक्युरिटी अपडेट दिइएको छ ।
५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिने कम्पनीले जनाएको छ ।
६.५ इन्चको एचडी प्लस स्क्रिन र ३ हजार एमएएचको ब्याट्री यो फोनको अर्को विशेषता हो ।
फोरजी कनेक्टिभिटी र अक्टाकोर प्रोसेसरको सुविधा दिइएको यो फोन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ । नेपाली बजारमा २र३२ जीबी भेरियन्टको मूल्य १० हजार ९९९ रूपैयाँ तोकिएको छ ।
प्रतिक्रिया