सीजी नेटले आफ्नै 'आईपी टिभी' सञ्चालनमा  ल्याउँदै   !

शुक्रबार, २१ जेठ २०७८, १० : ३१

सिजी नेटले आफ्नै आईपीटिभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।बढीमा अबको ३ देखि ४ महिनाभित्र सिजीको आईपीटिभी सेवा सञ्चालनमा आउने भएको हो।

आफ्नै आईपी टिभी सेवा सञ्चालनका लागि कम्पनी हाल लाइसेन्सको प्रक्रियामा रहेकोले आईपीटिभी सञ्चालनमा केहि समय लाग्न सक्ने कम्पनिले बताएको छ । 

आईपीटिभी सेवाका लागि नेटटिभी, क्लियर टिभी, भायटिभी वा प्रभु टिभी जस्ता विद्यमान अन्य सेवाप्रदायकहरुसँग भने सहकार्य नगरिने सिजी नेटले जनाएको छ । 

अबको ३ महिनाभित्र लाइसेन्ससँगै आईपीटिभीका लागि आवश्यक पूर्वाधार र कन्टेन्टको सम्झौता सबै तयार भइसक्ने बताइएको छ । आईपीटिभीको साथमा छुट्टै ओटीटी एप समेत ल्याउने कम्पनीको योजना छ । जसमा भिडिओ अन डिमान्डको सुविधा रहने कम्पनी स्रोतले बतायो ।

शुक्रबार, २१ जेठ २०७८, १० : ३१

प्रतिक्रिया