१५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोेबार ?

शुक्रबार, २१ जेठ २०७८, १० : ४८

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । विहिबारको तुलनामा आज १५०० रुपैयाँले सुन मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ४०० रुपैयाँमा नै कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

विहिबार प्रतितोला १ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

शुक्रबार, २१ जेठ २०७८, १० : ४८

प्रतिक्रिया