प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण नियुक्त

२ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए । बस्नेत कानून व्यवसायी समेत हुन् ।

सरकारले उनको यो नियुक्तिलाई सर्वोच्च अदालतका न्यायाधीश बराबर मान्यता दिएको छ । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया