काठमाडौं, बलिउड सुपरस्टार सलमान खानका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । तर, कोरोना भाइरस र लकडाउनका निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ । जसका कारण निर्माण टिमलाई ठूलो घाटा भएको छ ।
निर्माण टिम सरकारले जूनको अन्त्यबाट छायांकन अनुमति दिने आशमा छ । ‘टाइगर ३’ मा तीन सय जनाको टिमले काम गर्ने भएकाले छायांकन सुरु हुनभन्दा अगाडि सबैको भ्याक्सिनेसन हुनुपर्नेछ ।
छायांकन सुरु हुनुभन्दा अगाडि सेट बनाइराख्नु निकै महंगो पर्ने भएपछि फिल्म निर्माण कम्पनीले सेट भत्काउने निर्णय गरेको हो । अब जहिले फिल्मको काम सुरु हुन्छ तब सेट बनाइने भएको छ । अहिले सेट बनाउनुभन्दा छायांकन सुरु हुने समयमा बनाउँदा धेरै नोक्सान नहुने निर्माण पक्षको निष्कर्ष छ । फिल्ममा सलमान खान, कटरीना कैफ र इमरान हाशमीको मुख्य भूमिका रहनेछ ।
प्रतिक्रिया