'द भ्वाइस अफ नेपाल' आज देखि प्रशारण  हुने

शुक्रबार, २१ जेठ २०७८, १३ : ४५

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण  आज बाट सुरु हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।

शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।

तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ । यो शोका निर्देशक लक्ष्मण पौडेलले आज बाट  शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् ।

कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार, २१ जेठ २०७८, १३ : ४५

प्रतिक्रिया