अभिनेता राज कटुवालको ज्यानमारा हाँसोमा वर्षाको दिल घायल

शुक्रबार, २१ जेठ २०७८, १४ : ३९

काठमाडौं, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम पनि खुल्दै गएको छ । गत वर्ष पहिलो पटक एकसाथ होली मनाएपछि बजारमा उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । तर, यो जोडीले आफूहरु असल साथी मात्र रहेको रेडिमेड जवाफ फर्काउन छाडेका छैनन् । 
 
वर्षालाई राजको हाँसीरहने बानी औधी मनपर्छ । उनले बिहीवार राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टाग्राम स्टोरीमा पोस्ट्याउँदै उसको हाँसो खतरनाक र ज्यानमारा रहेको बताएकी छन् । उनले स्टोरीमा लेखेकी छन्, ‘मुस्कान सधैं खतरनाक हुन्छ, केही दिललाई घायल बनाउँछ ।’ राजले आफूलाई सधैं खुसी दिने कोशिश गरेको पनि उनले उल्लेख गरेकी छन् ।
 
राजका लागि वर्षाले खर्चिएका यी प्रेमिल शब्दले उनीहरुबीचको प्रेम कति गहिरो छ भन्ने प्रस्ट्याउँछ । तर, वर्षा र राजले पनि खुलेर माया व्यक्त गर्न सकेका छैनन् । 

केही महिना अगाडि राजले सोरुमबाट नयाँ गाडी निकाल्दा समेत वर्षा पुगेकी थिइन् । राज चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

शुक्रबार, २१ जेठ २०७८, १४ : ३९

प्रतिक्रिया