काठमाडौँ - नेपाली बजारमा यो साता ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । गत आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अहिले प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य यो साता ११ रुपैयाँले घटेको छ । गत आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया