फाइभजी विरुद्धको मुद्दा खारेज, निवेदकलाई २० लाख जरिवाना

शनिबार, २२ जेठ २०७८, १५ : ०३

काठमाडौं - फाइभजी प्रविधि विरुद्ध दिल्ली हाई कोर्टमा दायर भएको मुद्दा खारेज भएको छ । ‘पब्लिसिटी’ का लागि कानूनको गलत प्रयोग गरी मुद्दा दर्ता भएको ठहर गर्दै अदालतले शुक्रबार चावलाको मुद्दा खारेज गरेको हो । 

बलिउड अभिनेत्री जुही चावला साथै हिरेस मलिक र टिना वात्सानीले रिट दायर गरेका थिए । निवेदकहरुले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिन माग गरेका थिए । 

तर अदालतले कानूनी प्रक्रियाको गलत प्रयोग गरेको र अदालतको अमूल्य समय खेर फालेको ठहर गर्दै उल्टै निवेदकलाई २० लाख भारू जरिवाना तोकेको छ ।

निवेदकले दायर गरेको करिब ५ हजार पृष्ठ लामो रिटमा सञ्चार विभाग, विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इन्डियन मेडिकल रिसर्च काउन्सिल, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड, केही विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनलाई विपक्षी बनाइएको थियो ।

‘सरकारले यो प्रविधिबाट कुनै पनि खतरा नरहेको पुष्टी नगरेसम्मका लागि यसमाथि रोक लगाउनुपर्ने हाम्रो माग छ,’ सो रिटमा उल्लेख छ ।
 

शनिबार, २२ जेठ २०७८, १५ : ०३

प्रतिक्रिया