काठमाडौं - वैदेशिक रोजगारीको सिसिलामा मलेसिया गएका एक नेपाली कामदारको मृत्यु भएको छ । पर्साको विरगञ्ज उपमहानगरपालिका–२८, बोगहीका रुपनारायण महरा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
उनी शुक्रबार राति खाना खाएर ओछ्यानमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको बताइएकोे छ । मलेसियाको जोहोरबारु बातुपहात शहरको सोङलिनमा कम्पनीमा विगत ९ वर्षदेखि कार्यरत रहेका उनको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने सहकर्मीहरुको आशंका छ ।
दिनभर चर्को घाममा काम गर्ने नेपाली कामदार सुत्ने कोठामा एसी चलाएर आवश्यकता भन्दा चिसो बनाई सुत्ने गरेका कारण सुतेको सुत्यै मृत्यु हुने गरेको उनीहरुको भनाइ छ ।
मृतक महराको शव पोष्टमार्टमका लागि मलेसिया बातुपहातको सुल्तान अस्पतालमा राखिएको र पोष्टमार्टम पछि नेपाल पठाइने कम्पनीले बताएको छ ।
प्रतिक्रिया