काठमाडौं - वैदेशिक रोजगारलाई आर्थिक वर्ष २०७८/०७९ को बजेटले प्राथमिकता नदिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
आप्रवासी (महिला) कामदारको अधिकार समस्या विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले कोभिड–१९ को अवस्थामा आएको बजेटले मुलुकमा रोजगारीको भरपर्दो अवस्था नरहेको अवस्थामा विदेशमा गएर रोजगारी गर्न बाध्य महिला तथा पुरुष कामदारहरुका लागि ठोस कार्यक्रम लिन नसकेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले कोभिडका कारण ८ लाख नेपालीले रोजगारी गुमाउने प्रक्षेपण गरेको हालको अवस्थामा सरकारले बजेटबाट ल्याएका कार्यक्रमबाट रोजगारी सिर्जना हुन नसक्ने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया