काठमाडौं - चर्को घाममा श्रमिकलाई काम लगाउने कतारका ५४ कम्पनी कारबाहीमा परेका छन् ।
कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ५४ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।
मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा परेको जनाएको छ । कतारमा खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा यसघि नै तोकेको थियो ।
खुल्ला क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्न ३ बजे सम्मका अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।
प्रतिक्रिया