बलिउडकी चर्चित गायिका नेहा कक्कडकोे आज जन्मदिन, पहिलो कमाई ५ हजार, अहिलेकोे पारिश्रमिक ८ लाख

आइतबार, २३ जेठ २०७८, १२ : ५९

एजेन्सी - बलिउडकी चर्चित गायिका नेहा कक्कडले आज आफ्नो ३२ औं जन्मदिन मनाउदैछिन् । ६ जुन १९८८ को ऋषिकेशमा उनको जन्म भएको थियो ।

उनको परिवार निकै गरिब रहेका थिए । उनका बुबा सोनु कक्कड स्कुल बाहिर समोसा बेच्थे । यसै कारणले नेहाँको बहिनीलाई उनका कक्षाका साथीले जिस्क्याउँथे । यो सबै देखेर नेहा सानैदेखि केही ठुलो काम गर्ने इच्छा राख्द थिइन् ।

नेहाले ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी थिइन् । सो समयमा नेहालाई पारिश्रमिक वापत ५ हजार रुपैयाँ मिल्ने गर्दथ्यो ।

नेहाले आजसम्म गायनको कुनै तालिम लिएकी छैनन् । तर, उनी आज बलिउडको सर्वाधिक सफल पाश्र्व गायिका बनेकी छिन् । नेहाले सन् २००८ मा आफ्नो डेब्यू एल्बम ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी थिइन् । 

उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् । यसपछि, उनले ‘यारिया, क्विन, गब्बर इज ब्याक, सनम रे, कपूर एन्ड सन्स’ जस्ता हिट चलचित्रमा गीत गाएकी छिन् ।

नेहाले विश्वभर हजार भन्दा बढी कन्सर्टमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । भारतीय मिडियाका अनुसार, उनले एउटा चलचित्रमा गीत गाएको ८ लाख पारिश्रमिक लिने गर्छिन् । उनी सर्वाधिक पारिश्रमिक लिने गायिका हुन् ।

२०१८ मा बलिउड अभिनेता हिमांश कोहलीसँगको ब्रेकअपका कारणले नेहा चर्चामा छाएकी थिइन् । दुवै केही बर्षदेखि एक अर्काको डेटमा रहेका थिए ।

गत बर्ष गायन रियालटी शो ‘इन्डियन आइडल’को दौरानमा शोका होस्ट आदित्य नारायणसँगको उनको जोडी निकै रुचाइएको थियो । सोका कारणले दुबैको बिवाहको हल्ला समेत फैलियो । तर अक्टुबर २०२० मा उनले गायक रोहन प्रीत सिंहसँग विवाह गरेकी छन् ।


 

आइतबार, २३ जेठ २०७८, १२ : ५९

प्रतिक्रिया