काठमाडौं, कोभिड १९ महामारीको अवस्थालाई ध्यानमा राख्दै मेरो डाक्टर एप सञ्चालनमा आएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज् प्रा. लि. सँगको सहकार्यमा समयमै उपचार वा परामर्श नपाएर उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न मेरो डाक्टर एप सञ्चालनमा ल्याएको हो ।
आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर अनलाइन भिडियो कन्सल्टेशन सेवा मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको बताइएको छ ।
मिदास टेक्नोलोजीज् प्रा। लि। ले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा मेरो डाक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुने बताइएको छ । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टर एपमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया