काठमाडौं, साउथका स्टाइलिस स्टार अल्लू अर्जुन अभिनीत नयाँ फिल्म ‘पुष्पा’ लामो समयदेखि चर्चामा छ ।फिल्मका मेकरले ठूलो घोषणा गरेका छन् । अब फिल्मलाई दुई पार्टमा रिलिज गरिने भएको छ र दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ ।
फिल्मलाई दुई पार्टमा रिलिज गर्ने फैसलासँगै निर्माताले अल्लू अर्जुनको पारिश्रमिक पनि डबल बनाएका छन् । यो फिल्ममा काम गर्नका लागि अल्लू अर्जुनले भारतीय ३० करोड पारिश्रमिक पाएका थिए । अब निर्माताले उनलाई ३० करोड थपेका छन् । अर्थात्, ‘पुष्पा’ को दुई पार्टका लागि उनले ६० करोड पारिश्रमिक हात पारेका छन् ।
‘पुष्पा’ अल्लू अर्जुनको पेन इन्डिया प्रोजेक्ट हो । यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालममा रिलिज हुनेछ । फिल्मको सुरुवाती रिलिज डेट १३ अगस्टलाई घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज हुन पाएन ।
प्रतिक्रिया