कतार र नेपालबीच उडान शुरु, आजबाट कतार भिसा सेन्टर खुल्ने

सोमबार, २४ जेठ २०७८, ०८ : १५

काठमाडौं : नेपालस्थित कतार भिसा सेन्टर (क्यूभीसी) ले आजबाट सेवा प्रारम्भ गर्ने भएको छ । 

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेसँगै क्वूभीसीले आफ्नो सेवा बन्द गरेको थियो ।

सरकारले सोमबारदेखि नै कतार र नेपालबीच उडान शुरु गर्न अनुमति दिएपछि सेन्टर खुल्न लागेको हो । नियमित उडान नभएसम्म हप्तामा एक दिन नेपाल र कतार उडान हुने छ । 

सेन्टरले सोमबार र मंगलबार ५०र५० जनाको भिसा प्रोसेसिङ गर्ने बताएको छ । बुधबारदेखि भने प्रत्येक दिन दुई सय कामदारको भिसा प्रक्रिया शुरु गर्ने सेन्टरले बताएको छ ।

सोमबार, २४ जेठ २०७८, ०८ : १५

प्रतिक्रिया