गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत, दोषीलाई जोगाउन चलखेल

६ बर्ष अगाडि

गुल्मी । मंगलबार दिउँसो साढे चार बजेको समयमा बलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षीया बालिका यति बेला अस्पतालमा उपचार गरिरहेकी छन् । 

समाजका केही ‘अगुवा’हरु भने उनलाई बलात्कारको मामिला रफा दफा गर्न लागिपरेका छन् । बालात्कारीलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको स्रोतले जनाएको छ ।

ईस्मा गाउँपालिका वडा नम्बर–३  नयाँ पोखराको हनुमान मन्दिर पछाडीको एकान्तस्थानमा ६ वर्षीया बालिका लाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जीले बलात्कार  गरेका थिए । 

बलात्कार पछि यौनाङका छेदन भई रक्तश्राव भएर बालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया