६४ एमपी ट्रेन्डसेटिङ्ग क्यामेरा  भएकाे  रियलमी ८  नेपाली बजारमा, कति छ मूल्य?

मंगलबार, २५ जेठ २०७८, ०८ : ५३

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ । 
 
६४ एमपी एआई क्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो  
रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथै ं८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन् ।
 
टिल्ट–सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द   दिन सक्छ । 
 यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ ।  यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन् ।
 
 १६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् ।
 
दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पु¥याउँछ । 
 

६.४ इन्च सुपर एमोलेड डिस्प्ले र १००० निट्सेकोे  अधिकतम ब्राइटनेस
रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्ले बल्ने  र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ । 
डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।
 
३० वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री
रियलमी ८ को साथ ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ । 

रियलमी ८ मा रहेको ५००० एमएएच् व्याटी« ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ । यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप् जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् । 

यसबाट ओटीजी केवल मार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ । 
 
अनन्त बोल्ड डिजाइन, सिल्म र हलुका
रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रङ्ग साइवर सिल्भर र साइवर ब्लाकमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र ८ मिलिमिटर भन्दा कम मोटाइको छ । 
 
हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ्ग टेक्नोलोजी  
रियलमी ८ – Helio G95 गेमिङ्ग प्रोसेसिङ्ग रहेको छ जसमा दुइवटा ठुला A75 कोर र ६ वटा साना A55 कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी ७६ GPUले गेम खेल्न थप क्षमतावान बनाउँछ ।  कपर लिक्विड कुलिङ्ग प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४% वृद्धि गरेको छ । 
 
 ८ र्याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५,९९० रहेको छ । 

मंगलबार, २५ जेठ २०७८, ०८ : ५३

प्रतिक्रिया