सीजी कम्युनिकेसन्सको नेट हाल उपत्यकाका ६ ठाउँमा उपलब्ध रहेको छ । गत सातादेखि सञ्चालनमा आएको ‘सीजी नेट’ हाल काठमाडौं उपत्यकाका जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड)र पुल्चोकका बासिन्दाले इन्टरनेट सेवा लिन सक्ने कम्पनिले बताएको हो । ।
उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केही दिनमा कुपण्डोल र कुलेश्वरमा पनि इन्टरनेट विस्तार गरिनेछ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।
प्रतिक्रिया