युएस बङ्लाद्वारा ढाका–काठमाडौँ उडान सेवा बन्द

६ बर्ष अगाडि

काठमडौँ । युएस बङ्गलाले ढाका र काठमाडौँबीचका सबै उडानहरु अनिश्चित समयको लागि बन्द गरेको छ ।

वायुसेवाको यो निर्णय यसको विमान काठमाडौं विमानस्थलमा दुर्घटना भएको दुई दिनपछि बुधबार आएको हो । दुर्घटनामा कम्तिमा ५१ मानिसको ज्यान गएको थियो ।

“हाम्रो ढाका र काठमाडौँबीचको उडान सेवा विमानको कमीका कारण आजबाट बन्द गरिएको छ,” युएस बङ्ला हवाईसेवाका जनसम्पर्क म्यानेजर कम्रुल इस्लामले बुधबार भने ।

कम्रुलले उडान कहिलेबाट सुचारु हुन्छ भने बताउन सकेनन् ।

फागुन २८ गते सो हवाईसेवाको ७८ सिटे बम्बार्डिएर ड्यास ८ विमान त्रिभुवन विमानस्थलको धावन मार्गबाट बाहिर खालि चौरमा जोतिएर विष्फोट भएको थियो । दुर्घटनामा ५१ जनाको मृत्यु भइसकेको छ ।

आफ्ना विद्यार्थीहरुको सम्झनामा बङ्लादेशी मेडिकल कलेजमा तीन दिने शोक घोषणा
सिल्हेत जलालावाद रगिव–रवेया मेडिकल कलेजले सोमबारको विमान दुर्घटनामा दिंवगत भएका आफ्ना विद्यार्थीको सम्झनामा मंगलबारबाट तीन दिने शोक घोषणा गरेको हो । 

विमान सवार १३ जना मेडिकल कलेजका विद्यार्थी थिए जसमा ११ जनाको निधन भएको छ । 

शोकको पहिलो दिन मंलगबार त्यहाँका सबै विद्यार्थीले कालो ब्याज लगाएका थिए । साथै कलेजको सबै कक्षा र परिक्षाहरु स्थगित गरिएको थियो । 

यसको जानकारी कलेजका प्रधानाध्यापक प्रो.डा.अवेद हुशेनले दिए । “हाम्रो कलेजमा २५० नेपाली मेडिकल विद्यार्थी अध्ययनरत रहेका छन् । सोमबार दुर्घटना भएको विमानमा हाम्रो कलेजका १३ विद्यार्थी सवार थिए । उनीहरु एम.वि.वि.एस.को अन्तिम परिक्षा दिएर घर फर्कदै थिए ।”

बङ्लादेश र नेपालका श्रोतका अनुसार कलेजका १३ जना विद्यार्थीहरु सञ्जय पौडेल, संजय महर्जन, निगा महर्जन, अन्जीला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुन श्रेष्ठ, अल्जीना बराल, चारु बराल, समिरा ब्यान्जनकार, आस्ना शाक्य र प्रिन्सी धामी थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया