काठमाडौं - कोरोना भाइरसका कारण वैदेशिक रोजगार खुम्चिएको छ । फागुन मसान्तसम्म संस्थागत अर्थात म्यानपावर कम्पनीबाट जम्मा ३३ हजार १ सय ६१ जना मात्र वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
साथै पुनः श्रम स्वीकृतिका माध्यमबाट ५२ हजार २ सय ८९ जना गएका छन् । यो सँगै जम्मा ८५ हजार ४ सय ५० जना वैदेशिक रोजगारीमा गएका हुन् ।
निशेषधाज्ञाको अवधिमा करिब पाँच हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया