आजबाट हरेक बुधबार श्रम स्वीकृति

बुधबार, २६ जेठ २०७८, ०९ : ३७

काठमाडौं - वैदेशिक रोजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ ।

बैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय केहि दिनअघि गरेको थियो ।

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेको थियो । 

व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।
 

बुधबार, २६ जेठ २०७८, ०९ : ३७

प्रतिक्रिया