नेपाली बजारमा बढ्यो सुनको मूल्य, तोेलाको कति ?

बुधबार, २६ जेठ २०७८, १० : ५८

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज १०० रुपैयाँले सुन मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

मंगलबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

बुधबार, २६ जेठ २०७८, १० : ५८

प्रतिक्रिया