साताको दुई दिन श्रम स्वीकृति, आइतबार र बुधबार !

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले हप्तामा दुई दिन श्रम स्वीकृत दिने भएको छ । 

यसअघि हप्तामा एक दिन बुधबार श्रम स्वीकृति दिदै आएकोे थियो ।  कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिने निर्णय भएको होे ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले बायोमिट्रक नभएका कामदारलाई कर्मचारी उपस्थित गराएर पनि श्रम स्वकिृति दिइरहेको बताएको छ । 

बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेजमा संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया