इजरायलविरुद्धको खेलमा पोर्चुगलको सहज जित

विहीबार, २७ जेठ २०७८, ०८ : १६

काठमाडौं– इजरायलविरुद्ध मैत्रीपूर्ण खेलमा पोर्चुगलले ४–० गोलको जित  निकालेको छ। पोर्चुगलमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरेका थिए।

इजरायलविरुद्ध सानदार जित निकालेसँगै पोर्चुगलले युरो कपको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ।

खेलको ४२औं मिनेटमा जोआ क्यान्सेलोले दिएको पासलाई फर्नान्डेसले गोल गरेका थिए। 

खेलको ८६औं मिनेटमा गोन्कालो गिएड्सको एसिस्टमा क्यान्सेलोले गोल गरे भने चोटिल समयमा फर्नान्डेले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै पोर्चुगलले ४–० गोलको सहज जित निकाल्यो।

पोर्चुगलले आगामि मंगलबार युरो कपको पहिलो खेलमा हंगेरीसँग खेल्दैछ।

विहीबार, २७ जेठ २०७८, ०८ : १६

प्रतिक्रिया