नागरिक एपका प्रयोगकर्ताका लागी 'भाइबरमा हेल्प डेस्क' सुरु

विहीबार, २७ जेठ २०७८, ०९ : २१

नागरिक एपका प्रयोगकर्ताका लागी भाइबरमा हेल्प डेस्क सुरु भएको छ । अब नागरिक एपका प्रयोगकर्ता भाइबरबाटै आफ्ना समस्या र जिज्ञासा टिपाउन पाउने भएका हुन् । 

प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा म्यासेज गर्न सक्नेछन् । फोन गरेर समस्या टिपाउनका लागि भने ११०१ वा ०१–५९७००४६ मा सम्पर्क गर्नुपर्ने  छ ।

हाल यो एपबाट स्थायी लेखा नं।, प्रहरी चारित्रिक प्रमाणपत्र, मालपोत, स्वास्थ्य बीमा बोर्ड, शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, हेलो सरकार, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगायतका सेवा प्रदान गरिएको छ ।

साथै नागरिक एपमार्फत बैंक खाता खोल्ने सुविधासमेत ल्याइएको छ । त्यस्तै स्थानीय तहको सिफारिस लिने र कर तिर्ने सुविधा, जग्गाको राजश्व तिर्ने सुविधा, सवारी साधनको राजश्व तिर्ने सुविधा पनि सुरू हुने जनाइएको छ ।

विहीबार, २७ जेठ २०७८, ०९ : २१

प्रतिक्रिया