जेफ बेजोस र मार्क अन्तरिक्ष यात्रामा जादै  !

२ बर्ष अगाडि

विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु ओरिजिनका मालिक जेफ बेजोस अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्यापस्युल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ, जसमा बेजोस पनि सामेल हुने भएका हुन् ।हालै अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका बेजोसले अन्तरिक्षको यात्रामा जाने योजना बनाएका हुन् ।

सोमबार इन्स्टाग्राममा पोस्ट गर्दै उनले आफू पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने र जुलाई २० मा आफ्नो भाइ मार्क बेजोससँगै अन्तरिक्ष यात्रामा निस्कने जानकारी दिए । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया