केजीएफका निर्देशक प्रशान्तको अर्को फिल्ममा पनि प्रभास

२ बर्ष अगाडि

काठमाडौ, ‘बाहुबली’ को सफलतापछि अभिनेता प्रभासको फ्यान फलोइंग भारतसँगै विश्वभर छ । अहिले उनको हातमा कयौं पेन इन्डिया फिल्म छ भने ‘राधे श्याम’ रिलिजको तयारीमा छ । यसपछि प्रभास ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नीलको फिल्म ‘सलार’ मा व्यस्त हुनेछन् ।
 
यो फिल्मपछि प्रभासले प्रशान्तको अर्को पनि फिल्ममा काम गर्ने भएका छन् । उनीहरुबीच सहकार्य हुन लागेको दोस्रो प्रोजेक्ट पनि पेन इन्डिया रिलिज हुनेछ । भारतीय मिडियाका अनुसार, प्रभास र प्रशान्त नयाँ फिल्मलाई लिएर निकै उत्साहित छन् । पीरियड ड्रामालाई साउथ फिल्मका निर्माता दिल राजूले निर्माण गर्नेछन् । फिल्मको चाँडै घोषणा गर्ने तयारीमा निर्माण टिम छ । 
 
‘सलार’ मा प्रभासले श्रुति हासनसँग रोमान्स गर्दैछन् । यो फिल्मको छायांकन सकिएपछि निर्देशक नील जूनियर एनटीआरलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा छन् । यसपछि उनको प्रभाससँग नयाँ फिल्ममा टिमअप हुने बताइएको छ । ‘केजीएफ’ को सफलतापछि प्रशान्तसँग काम गर्न साउथका ठूला स्टारहरु तयार छन् । उनी निर्देशित ‘केजीएफ २’ प्रदर्शनको पखाईमा छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया