काठमाडौं - वैदैशिक रोजगार विभागले जथाभावी अभिमुखीकरण तालिम सञ्चालन गरिएको भन्दै हतार नगर्न आग्रह गरेको छ ।
हाल निषेधाज्ञाको समयमा पनि केही अभिमुखीकरण संस्थाहरुले सामाजिक दुरीसमेत कायम नगरी तालिम सञ्चालन गरिरहेको जानकारी आएको भन्दै विभागले अत्यावश्यक भएमा मात्र सामाजिक दुरी कायम गरेर अभिमुखीकरण तालिम कक्षा सञ्चालन गर्न सकिने बताएको छ ।
वैदेशिक रोजगार ऐनको दफा १९ अनुसार श्रम स्वीकृतिका लागि रोजगार आकांक्षी कामदारले सूचीकृत संस्थाबाट अनिवार्य अभिमुखीकरण तालिमको प्रमाणपत्र अनिवार्य छ ।
साथै वैदेशिक रोजगार कार्यालय ताहाचलले बायोमिट्रक नभएका कामदारलाई कर्मचारी उपस्थित गराएर पनि श्रम स्वकिृति दिइरहेको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यालयमा उपस्थित नहुन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया