काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । विहिबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
विहिबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ
प्रतिक्रिया