बैंकका झन्डै ४ सय कर्मचारी जागिर छोड्ने अवस्थामा !

२ बर्ष अगाडि

योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कारण ठुलो सङ्ख्यामा बैंकरहरुले  रोजगारी छाड्ने तयारी गरेका छन्। कोषमा आबद्द भएपछि अहिलेसम्म जम्मा भएको पैसा खोसिने भएपछि झन्डै ४ सय कर्मचारीहरु रोजगारी छाड्ने अवस्थामा पुगेका हुन्। 

उत्कृष्ट ५ भित्र पर्ने कमर्शियल बैंकका केहि कर्मचारीले यहि कारणले जागिर छाडीसकेको बताउदै एक बैंकका कर्मचारी युनियनका अध्यक्षकाले  आफुले अहिलेसम्म जम्मा गरेको पैसा खोसिने त्रास बढेकाले बैंक वित्तीय सँस्थामा लामोसमय देखि काम गरिरहेका कर्मचारीहरुको ठुलो सङ्ख्याले जागिर छाड्ने तयारि गरेको बताए। 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जाँदा एकमुष्ट रुपमा ८।३३ प्रतिशत मात्रै पैसा फिर्ता हुने र अरु पैसा सरकारी खातामा जाने भएकाले कोषमा आबद्द नहुँदै बैक वा संचय कोषमा अहिलेसम्म जम्मा भएको पैसा सुरक्षित गर्नका लागि पनि उनीहरुले खाईपाई आएको जागिर छाड्न लागेका हुन्। 

बैंक वित्तीय सँस्थाका कर्मचारीहरुले आफुले काम गरिरहेको बैंकले संचालन गरिरहेको अवकाश कोष वा संचय कोषमा पैसा जम्मा गर्दै आएका छन्। संचय कोषमा जम्मा गर्दा जम्मा गरेको पैसामा प्रत्येक बर्ष ९ प्रतिशत ब्याज थपिदै जाने र आफुले चाहेको बेलामा एकमुष्ट पैसा फिर्ता हुने सुविधा थियो। तर योगदानमा आधारित सामाजिक कोषमा जम्मा भएको कुल पैसाबाट कोषको मापदण्ड पुरा गरेको अवस्था भएमा मात्र ८।३३ प्रतिशत एकमुष्ट फिर्ता हुने र बीचमा आफुलाई चाहिएको बेला फिर्ता लिन पनि नपाइने व्यवस्था रहेको छ।– बिजपाटी 

२ बर्ष अगाडि

प्रतिक्रिया