२० हजारलाई रोजगारी दिदै एप्पल

२ बर्ष अगाडि

काठमाडौं - भारतमा रहेको एप्पल अपरेसनले करिब २० हजारलाई रोजगारी दिने भएको छ । 

एप्पल इन्साइडरका अनुसार एप्पलका उपकरणको माग बढ्दै गएपछि यसको उत्पादनको लागि कर्मचारीको संख्या थप गर्नुपर्ने भएकोले भारतका एप्पल आपूर्तिकर्ताहरुले सन् २०२२ को मार्चसम्ममा रोजगारी बढाउने प्रतिबद्धता जनाउदै रोजगारीकोे अवसर सिर्जना गरेकोे हो । 

एप्पलको आपूर्ति चेन निकै ठूलो छ र उपकरण उत्पादनका लागि वर्षौँदेखि चीनमा निर्भर हुँदै आएको छ । बिस्तारै आफ्ना रेगुलेटर, सेयर होल्डर र विश्वव्यापी राजनीतिको दबाबका कारण एप्पलले अर्को आपूर्तिकर्ता भारतलाई बनाएको हो । 

यी रोजगार अवसरहरु एप्पलका उपकरण उत्पादन गर्ने आपूर्तिकर्ताहरुले सिर्जना गरेका हुन् । एप्पललाई उत्पादन प्रदान गर्ने आपूर्तिकर्ताहरुको संख्या सन् २०१८ मा छवटाबाट बढेर सन् २०२० मा नौवटामा बढेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया