काठमाडौं, युवा पुस्ताका लागि लक्षित गर्दै साओमीले ल्याएको मि ११ लाइट आज नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।
फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा मेन क्यामेरा ६४ मेगापिक्सेल रहेको छ ।
यसमा रहेको एआई सिनेमा मोडका कारण आकर्षक फोटो र भिडियो लिन सकिन्छ । त्यस्तै फोनमा १६ मेगापिक्सेलको पन्च होल सेल्फी क्यामेरा रहेको छ ।
त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचको ब्याट्री उपलब्ध छ ।
फोनमा ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज, ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज गरी तीन भेरियन्ट छ ।
प्रतिक्रिया