वायुसेवा निगमलाई डेढ अर्ब फाइदा

शनिबार, २९ जेठ २०७८, ०७ : ४४


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ ।  अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै निगमले हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।

निगमले  नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।

विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।

शनिबार, २९ जेठ २०७८, ०७ : ४४

प्रतिक्रिया