विजय स्टारर ‘मास्टर’को हिन्दी रिमेकमा सलमान खान !

२ बर्ष अगाडि

तामिल सुपरहिट फिल्म ‘मास्टर’को हिन्दी रिमेकमा सलमान खान देखिने भएका छन् ।  हालै रिलिज भएको राधेपछि ‘टाइगर ३’को तयारीमा रहेका सलमान  मास्टरको रिमेकमा देखिने भएका  हुन् । 

फिल्मको स्क्रिप्टमा केही परिवर्तन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

फिल्मको आधिकारिक घोषणा  भने जुलाइमा हुनेछ । लोकेश कनगराजद्वारा निर्देशित ‘मास्टर’मा थालापती विजय र विजय सेतुपतिको मुख्य भुमिका रहेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया