कतारमा असार एक गतेबाट मागपत्र प्रमाणीकरण शुरु

२ बर्ष अगाडि

काठमाडौं - कतारस्थित नेपाली दूतावासले आगामी असार एक गतेबाट मागपत्र प्रमाणीकरण गर्ने भएको छ । 

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार एक गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म मागपत्र प्रमाणीकरण गर्ने जनाएको हो । 

दूतावासले सार्वजनिक बिदा बाहेक शुक्रबारदेखि बिहीबार खुला रहने बताएको छ । सरकारले अनुमति दिएपछि काठमाडौं र दोहाबीच जुन ७ देखि नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक÷एक उडान शुरु भएको छ ।

उक्त अनुमतिपछि वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिन शुरु गरेको छ । त्यसपछि अभिमुखीकरण तालिम दिने संस्थाहरु पनि सक्रिय भएका छन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया