मलेसियामा लकडाउन दुई हप्ता लम्बिएपछि स्वदेश फर्किन बाधयतामा रहेका नेपाली दबाबमा

२ बर्ष अगाडि

काठमाडौं - मलेसियाले आगामी जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेपछि स्वदेश फर्किने बाधयतामा रहेका नेपाली थप दबाबमा परेका छन् । 

मलेसियाले यसअघि जारी गरेको लकडाउनको आदेश सकिन थालेपछि जुन २८ सम्म लम्ब्याइएको हो । मलेसियामा पछिल्ला दिनमा दैनिक पाँच हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् । 

मलेसियामा नेपाल आउन चेक आउट मेमो लिएका कामदारहरु आत्तिएका छन् । उनीहरुले आफुसँग खानेबस्ने रकमको अभाव रहेको भन्दै मलेसियास्थित नेपाली दूतावाससमक्ष स्वदेश फर्काउन माग गर्दै दबाब बढाइ रहेका छन् ।

सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेपनि मलेसिया र नेपालबीच उडान शुरु गरिएको छैन । भिसा अवधि पूरा गरेर स्वदेश फर्किन तयार रहेका हजारौँ नेपाली उडान नहुँदा अलपत्र परेका छन् ।

उता कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै यूएईमा ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ अनिवार्य गरिएको छ । १६ वर्ष र सोभन्दा माथिका व्यक्तिका लागि लागू हुने उक्त व्यवस्था १५ जुनदेखि लागू गर्ने बताइएको छ । 

नयाँ मापदण्ड अनुसार सार्वजनिक तथा नीजि समुद्री किनार, सार्वजनिक पार्क, स्विमिङ पुल, सपिङ मल, सुपरमार्केट, जिम, होटल, मनोरञ्जन केन्द्र, सिनेमा हल, संग्रहालय तथा रेस्टुरेन्ट र क्याफेमा प्रवेश गर्नका लागि आबुधाबीका बासिन्दासँग उनीहरूको ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ (हरियो संकेत) अनिवार्य गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया