विश्वकप छनोट नेपाली टोली आज कुवेतबाट कतार हुँदै स्वदेश फर्किने

२ बर्ष अगाडि

काठमाडौं -  फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किने  भएको छ । 

नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् । नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह 'बी'मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो । 

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया