मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका कामदारले जिते मुद्दा

२ बर्ष अगाडि

काठमाडौं - मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका कामदारले प्रसिद्ध अमेरिकी टायर निर्माता कम्पनी गुडइयरविरुद्धको तलव सुविधालगायतको क्षतिपूर्तिको मुद्दा जितेका छन् । 

कम्पनीमा कार्यरत नेपालीसहित ५६ विदेशी कामदारको अनुचित एवं गैर कानूनीरुपमा तलव काटेको, राहदानी कब्जामा लिएर मानवअधिकार हनन गरेकोजस्ता विषयमा त्यहाँको औद्योगिक अदालतमा मुद्दा दायर गरेका थिए । 

बिहीबार भएको फैसलामा विदेशी कामदारहरुले मुद्दा जितेका हुन् । गुडइयरविरुद्ध विदेशी मजदुरहरुको यो तेस्रो ठूलो सामूहिक मुद्दा हो । यसअघि १ सय १९ विदेशी मजदूरले दायर गरेको मुद्दा पनि औद्योगिक अदालतले मजदुरहरुका पक्षमा फैसला सुनाएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया