युरोकप: बेल्जियम र फिनल्यान्डको सानदार जित, वेल्स र स्वीट्जरल्याण्ड बराबरीमा, आज तीन खेल हुने

२ बर्ष अगाडि

युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले  सानदार जित हात पारेको छ । खेलमा बेल्जियले रसियालाई ३–० गोल अन्तरले हराएको  हो ।

खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । उपाधिको दावेदार मानिएको बेल्जियमले रसियामाथि दबाब कायम गरेको थियो । खेल जितेसँगै बेल्जियमले ३ अंक पाएको छ ।

डेनमार्कलाई हराउँदै फिनल्यान्डले जित हासील

यस्तै डेनमार्कलाई हराउँदै फिनल्यान्डले जित हासील गरेको छ । फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित  गरेको हो ।

पहिलो हाफ गोलरहित बनेको खेलमा फिनल्यान्डका लागि जोयल फन्जापलोले ५९औँ मिनेटमा पहिलो गोल गरेका  थिए । सोही गोल निर्णायक बन्यो ।

युरोकप २०२० को समूह ‘बि’ अन्तर्गतको पहिलो खेल जितेपछि फिनल्याण्डले ३ अंक पाएको छ ।

वेल्स र स्वीट्जरल्याण्डले बराबरी

यस्तै हिजो राती नै भएको अर्को खेलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । दुवै टिमले १–१ बराबरी गर्दै अङ्क बाँडेका छन् ।

खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे ।

समूह  'ए' मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ अङ्क भएको छ । यो समूहमा रहेको इटलीको ३ अङ्क छ ।

आज तीन खेल हुने 

यस्तै आज युरोकपमा आज तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः ४५ बजे हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया