युरोकपमा आज तीन खेल हुने , लुकाकुले गरे १ गोल क्रिष्ट्रियनलाई  समर्पित

२ बर्ष अगाडि

 युरोकपमा आज तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः ४५ बजे हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

बेल्जियम स्टार रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् । 

याे पनि पढ्नुहाेस युरोकप: बेल्जियम र फिनल्यान्डको सानदार जित, वेल्स र स्वीट्जरल्याण्ड बराबरीमा

खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।

शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरियो र उक्त खेलमा फिनल्यान्डले १–० को जित निकाल्यो । 

फिनल्यान्डका लागि फोजानपालोले निर्णायक गोल गरे । उता, रुसविरुद्ध बेल्जियमले ३–० को जित निकाल्दा लुकाकुले दुई गोल गरे । लुकाकु र एरिक्सन दुबै इन्टर मिलानबाट खेल्छन् । यस क्लबलाई यस वर्ष सिरिए उपाधि जिताउन यी दुबै खेलाडीको भूमिका महत्वपूर्ण थियो । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया