टेलिकमले तीन वर्षभित्र १ हजार ८६ एन्सेस गेवटे सेवा विस्तार गर्ने

२ बर्ष अगाडि

नेपाल टेलिकमले  (नेक्स्ट जेनरेसन नेटवर्क) प्रविधि सञ्चालन गर्ने भएको छ ।टेलिकमले आगामी आर्थिक वर्षभित्र एनजीएन प्रविधि सञ्चालन गर्ने भएको हो । 

दूरसञ्चार सेवामा अत्याधुनिक मानिएको यो प्रविधि सञ्चालनमा आएपछि आधारभूत टेलिफोनको एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन, केबुल टेलिभिजन प्रयोग गर्न सकिन्छ ।

‘तीन वर्षभित्र १ हजार ८६ एन्सेस गेवटे मार्फत देशभरि सेवा विस्तार हुनेछ’ टेलिकमको आधारभूत टेलिफोन निर्देशनालयका निर्देशक विष्णुप्रसाद कसजुले भने । टेलिकम सञ्चालक समितिले गत वर्ष एनजीएन प्रविधि भित्र्याउने निर्णय गरेको थियो । आगामी आवभित्र सेवा सञ्चालन गर्नेगरी काम भइरहेको टेलिकम आधारभूत निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार तीन चरणमा सेवा विस्तार हुनेछ । पहिलो चरणमा ३ सय ३६ एक्सेस गेटवे मार्फत सेवा सुरु गरिने निर्देशक कसजुुले बताए ।

टेलिकमले एनजीएन प्रविधिको उपकरण खरिदका लागि गत सेप्टेम्बरमा बोलपत्र आह्वान गरेको थियो । प्रतिस्पर्धामा चीनका दुई कम्पनी हुवावे र जेडटीई, फिनल्यान्डको सिम्यान्स र भारतको युटीस्टार गरी चार कम्पनी सहभागी भएका थिए । बोलपत्र पेश गरेका कम्पनीको मूल्यांकन प्रकृया अन्तिम चरणमा पुगेका निर्देशनालयले बताएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया