नेपाली बजारमा ६०० ले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज साताकोे पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

शुक्रबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया