कोपा अमेरिकाका आज बाट सुरु, लाइभ हेर्न सकिने

२ बर्ष अगाडि

आसन्न दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाका आज रातीबाट सुरु हुँदैछ । ४७ औँ कोपा अमेरीका सन् २०२० को संस्करण आज रातीबाट सुरु हुन लागेको हो । 

ब्राजिलमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली ब्राजिल र भेनेज्वेलाबीच खेल हुँदैछ । इस्टाडियो नाकिओनल डे ब्राजिला रंगशालामा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान राति २ः४५ बजेबाट सुरु हुनेछ । 

यस संस्करणको मुख्य आयोजक अर्जेन्टिना रहेर अर्जेन्टिनामै आयोजना हुने तय भएपनि कोभिडका कारण ब्राजिलमा सारिएको हो । 

ब्राजिल सन् २०१९ मा भएको कोपाको ४६औं संस्करणको पनि आयोजक हो । २०१९ मा ब्राजिलले घरेलु मैदानमा कोपाको उपाधि जितेको थियो । ब्राजिलले त्यसबेला अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले हराउँदै प्रतियोगिताबाटै आउट गराएको थियो । 

कोपाका हरेक खेल सोनी पिक्चर्स नेटवर्क अन्तर्गतका च्यानलबाट लाइभ हेर्न सकिनेछ । 

कुन समूहमा कुन कुन देश 

समूह ‘ए’– ब्राजिल, पेरु , कोलम्बिया, इक्वेडर, भेनेज्वेला

समूह ‘बी’ – अर्जेन्टिना, बोलिभिया, चिली, पराग्वे, उरुग्वे

२ बर्ष अगाडि

प्रतिक्रिया