जारी युरो कप फुटबलमा गए राति को खेलमा अस्ट्रिया विजय

२ बर्ष अगाडि

काठमाडौं– जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

रोमानियाको बुकारेस्टमा भएको सो खेलको १८औं मिनेटमा अस्ट्रियाले पहिलो गोल गरेको थियो। स्टेफन लाइनरको गोलले अग्रता लिएको अस्ट्रियाको खुशीयाली १० मिनेटसम्म मात्र रह्यो।

नर्थ म्यासेडोनियाले २८औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। आफ्नो पहिलो मुख्य टुर्नामेन्ट खेलेको नर्थ म्यासेडोनियाले गोरान पान्डेभको गोल मार्फत खेल बराबरी गर्यो। पान्डेभले २० वर्ष अगाडि म्यासेडोनियाको लागि डेब्यू गर्दा गए राति आफ्नो राष्ट्रको मुख्य टुर्नामेन्टको पहिलो गोल गरे।

पहिलो हाफ बराबरीमा सकिँदा दोस्रो हाफमा अस्ट्रियाले दुई गोल गर्न सफल भयो। ७८ मिनेटमा माइकल ग्रेगोरटिश र ८९औं मिनेटमा मार्को अर्नौटोभिचले गोल गर्दा अस्ट्रियाले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो

२ बर्ष अगाडि

प्रतिक्रिया