युरोकपमा आज तिन खेल हुदै, कुन–कुन भिड्दै छन् ?

२ बर्ष अगाडि

काठमाडौं– आज युरोकप फुटबलमा समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन् । आजको  पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६ः४५ बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने तेस्रो खेलमा स्पेन र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि हात पारेको छ 

२ बर्ष अगाडि

प्रतिक्रिया